काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा ठूलो गिरावट आएको छ। नेप्से परिसूचक २६.२२ अंक (०.९२ प्रतिशत)ले घटेर २,७९६.२४ बिन्दुमा पुगेको छ। आज दिनभरमा ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज कारोबारमा आएका २४ कम्पनीका सेयर मूल्य मात्र बढेका छन् भने २२५ कम्पनीका सेयर मूल्य घटेका छन्। लगानीकर्तामध्ये सिटी होटल लिमिटेडका सेयरधनीले आज सर्वाधिक नाफा कमाएका छन्, भने सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरेका छन्।












