काठमाडौं । धनुषा र सर्लाहीका केही स्थानमा लगातार भारी वर्षा भइरहेको हुँदा आसपासका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
विभागले आज (आइतबार) बिहान ७:२० बजे सूचना जारी गर्दै धनुषाको हर्दिनाथ र तुलसी तथा सर्लाहीको परवानीपुर आसपास क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ।
उदयपुर राडारबाट प्राप्त तथ्यांकअनुसार उक्त क्षेत्रमा बनेको मौसमी प्रणाली दक्षिण–पश्चिम दिशातर्फ सर्दै गएको र यस क्रममा वर्षाको प्रभाव बढ्न सक्ने भएकाले सतर्क रहन विभागले अनुरोध गरेको हो।












