काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार साँझ प्रदेश प्रमुखको कार्यालयमा गएर राजीनामाको पत्र दर्ता गराएका छन्। गत १४ साउनमा कांग्रेस संसदीय दलका नेता पदमा पराजित भएलगत्तै उनलाई पार्टी भित्रबाट राजीनामा दिन दबाब परेको थियो।
साउन २०८१ मा सपथ ग्रहण गरी मुख्यमन्त्री बनेका लामाले एक वर्षको नेतृत्वपश्चात् आफ्नै पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण राजीनामा दिनुपरेको बताएका छन्। उनको राजीनामा सँगै बागमती प्रदेशमा सरकार गठनमा नयाँ राजनीतिक हलचल सुरु हुने अपेक्षा गरिएको छ।












