एजेन्सी । रुसमा गएको शक्तिशाली भूकम्पपछि जापानका तटमा सुनामी आउन थालेको छ । जापानीज् समाचार संस्था एनएजके वर्ल्डका अनुसार जापानका सम्पूर्ण तटमा सुनामीका छालहरू आएका छन् ।
कुजीपोर्ट र हामानाका शहरसहित तटका केही भागहरूमा अहिले ६० सेन्टिमिटर (१.९ फिट)सम्मका छालहरू छन् । ती छालहरूको आकार निरन्तर बढिरहेका छन् । अधिकारीहरूले ती छाल तीन मिटरसम्म पुग्न सक्ने बताएका छन् ।
सम्भावित जोखिमलाई लिएर १९ लाख मानिसलाई सुरक्षित स्थानमा सार्न भनिएको छ । विशेषगरी जापानको पूर्वी तटमा रहेका मानिसहरू उच्च जोखिममा रहेका छन् ।
कम्तिमा अझै २४ घण्टा सुनामीको जोखिम रहेको सञ्चार माध्यमहरूले जनाएका छन् ।
रुसको सुदूरपूर्वी तटमा आसपास केन्द्रविन्दु बनाएर बुधबार ८.७ म्याग्निच्युटको भूकम्प गएको थियो । सन् १९५२ यताको सबैभन्दा ठूलो भनिएको उक्त भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म सार्वजनिक भएको छैन ।












