काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मङ्गलबार परम्परा अनुसार नागको पूजा गरी मनाइँदैछ। आज काठमाडौंको नाग पोखरी र टौदह, भक्तपुरको सिद्ध पोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।
काठमाडौं नक्सालस्थित नाग पोखरीका आउटलाइन खबरले कैद गरेको तस्बिरहरु













