काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको हाे ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) साउन तेस्रो साता तुर्कमेनिस्तानको अभाजामा हुँदैछ । उनी सोही सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।












