काठमाडौं । सिन्धुलीबाट हराएको हायु परिवार कास्कीको पोखरास्थित गगनगौँडामा फेला परेको छ। उनीहरु शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाका अनुसार उनीहरु गगन गौँडामा रहेको जानकारी आएको छ ।
शनिबार राति पोखराकै होटन जननीमा बसेका उनीहरु आइतबार बिहानै होटलबाट हिँडेका थिए। त्यसपछि खोजी गर्ने क्रममा अहिले गगन गौँडामा रहेको जानकारी आएको एसपी ओलियाले जानकारी दिए ।
गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी भन्ने स्थानबाट एकै परिवारका १६ जना सदस्य हराएपछि प्रहरीले खोजतलास सुरु गरेको थियाे ।












