Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

२०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने सर्वोच्चको फैसला

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले ऐतिहासिक फैसला गर्दै २०७२ सालको असोज १४ अघि विवाह गरिसकेका छोरीहरूलाई पैतृक सम्पत्तिमा अंश नपाउने ठहर गरेको छ।

संविधानले छोरी र छोराबीच समान हकको प्रत्याभूति गरे पनि सो मिति अघिको विवाहमा त्यो हक लागू नहुने सर्वोच्चले ठहर गरेको हो।

Subisu

अमेरिकामा बसोबास गर्दै आएकी पुनम मुडभरीले माइतीतर्फको अंश माग गर्दै हालेको मुद्दामा पाँच सदस्यीय इजलासले बहुमतको आधारमा यस्तो निर्णय सुनाएको हो। इजलासमा न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, शारंगा सुवेदी, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सहभागी थिए।

न्यायाधीश मनोजकुमार शर्मा, शारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको बहुमतको रायमा, “२०७२ असोज १४ भन्दा अघिको कानुनमा विवाहित र अविवाहित छोरीबीच छुट्टै व्यवस्था गरिएको थियो। संविधानले समान हक दिएको भए पनि त्यो पछिल्लो सुधार हो, त्यसैले अघिको विवाहमा नयाँ व्यवस्था लागू हुँदैन।”

तर, इजलासका न्यायाधीश सपना प्रधान मल्ल र महेश शर्मा पौडेलले भने यसमा असहमति जनाएका छन्। उनीहरूका अनुसार संविधानले सबै छोराछोरीलाई समान अधिकार सुनिश्चित गरिसकेकोले विवाहको मिति हेरेर अधिकार कटौती गर्नु अन्याय हुनेछ। उनीहरूले भनेका छन्, “विवाह भएको छोरीले अंश नपाउने भन्नु संविधान र न्यायको मर्म विपरीत हो।”

काठमाडौं जिल्ला अदालतले २०६८ सालमा पुनमलाई पैतृक सम्पत्तिबाट ६ भागको एक भाग दिने फैसला गरेको थियो। सोही फैसलाविरुद्ध पुनमका बुबा राममणि मुडभरीले पुनरावेदन अदालतमा गएका थिए, जहाँ २०७० मा जिल्ला अदालतको फैसला सदर भएको थियो। त्यसपछि उनी २०७३ मा सर्वोच्च पुगेका थिए। जटिल कानुनी प्रश्न उठेपछि मुद्दा २०७६ मा बृहत् पूर्ण इजलासमा पुगेको थियो।

नेपालमा २०७२ असोज ३ गते नयाँ संविधान जारी भएसँगै छोरी र छोराबीच समान अंश हकको प्रावधान गरिएको थियो। त्यसपछि २०७२ असोज १४ मा “केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन” मार्फत पुरानो मुलुकी ऐनको ११औँ संशोधन हटाइएको थियो। तर, सर्वोच्चले यो संशोधन अघिको विवाहमा असर नपर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host