काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै सरकारले छानबिन समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको हाे । सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।












