काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा खरिदका लागि ऋणको सीमा बढाएको छ । आज शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै घर किन्न दिइने कर्जाको अधिकतम सीमा तीन करोड पुर्याएको हो । यसअघि दुई करोड थियो ।
यो नीतिसँगै अब बैंकहरूले घरजग्गा खरिदमा मूल्याङ्कनको ७० प्रतिशतसम्म ऋण दिन सक्नेछन् । यसअघि घरजग्गाको मूल्याङ्कनमा ५० प्रतिशत मात्र ऋण दिने व्यवस्था थियो ।
यस्तै नीतिअनुसार बैंक दर ६ प्रतिशत कायम गरिएको छ भने निक्षेप संकलन दर २.७५ प्रतिशत र नीतिगत दर ४.५ प्रतिशतमा राखिएको छ। गभर्नर पौडेलका अनुसार निजी क्षेत्रलाई प्रवाह हुने कर्जाको वृद्धिदर १२ प्रतिशतमा सीमित गरिनेछ।












