काठमाडौं । नेपाल टेलिकमले मनसुनको अवसर पारेर “मनसुन अफर २०८२” सार्वजनिक गरेको छ। कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै भोलि (असार २६) गतेदेखि लागू हुने गरी विभिन्न भ्वाइस, डाटा र एसएमएस प्याकेजसहितको अफर ल्याएको जानकारी दिएको हो।
“ग्राहक सेवामा समर्पित” भन्ने नारालाई आत्मसात गर्दै सेवाको प्रयोगशैली, प्रतिक्रिया र सुझावलाई ध्यानमा राखी अफर सार्वजनिक गरिएको टेलिकमले जनाएको छ।
अफरअन्तर्गत शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनससहितको प्याकेजको व्यवस्था गरिएको छ। त्यस्तै, लोकप्रिय ‘सजिलो अनलिमिटेड ६९९’ र ‘७९९’ प्याकेजमा ३० प्रतिशत छुट पनि दिइनेछ।
ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एप प्रयोग गरेर प्याकेज हेर्न र खरिद गर्न सक्नेछन्। साथै, विस्तृत जानकारीका लागि टेलिकमको आधिकारिक वेबसाइट हेर्न सकिनेछ।













