काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा बाँकी रहेका विवादित विषयहरू टुंग्याउन सरकारलाई ५ दिनको समयसिमा दिएको छ।
आइतबार बसेको समितिको बैठकमा विधेयक पारित गर्ने तयारी भए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले थप छलफलका लागि समय मागेका थिए।
अधिकांश सदस्यले तत्काल विधेयक पारित गर्न आग्रह गरे पनि मन्त्री पन्तले सहमति नजुटेका विषयमा थप समय आवश्यक भएको बताए। समितिका सभापति अम्मरबहादुर थापाले सरकारलाई पाँच दिनभित्र विवाद टुंग्याएर समितिमा पेश गर्न निर्देशन दिएका छन्।












