काठमाडौं । आजको सेयर बजार सामान्य रुपमा उकालो लाग्दै बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.४० अंकले वृद्धि भई २,७०६ विन्दुमा पुगेको हो। दिनभरको कारोबार अवधिमा ३१८ कम्पनीका २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम ९ अर्ब ५० करोड रुपैयाँ नाघेको छ।
आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको घटेको छ।
सर्वाधिक कारोबार गर्ने कम्पनीहरू:
नेपाल पुनर्बीमा कम्पनी: ४९ करोड ४० लाख रुपैयाँको कारोबार
लक्ष्मी सनराइज बैंक (संस्थापक शेयर): ३७ करोड ८१ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्स: ३४ करोड २४ लाख रुपैयाँ
लगानीकर्ताको कमाइ–नोक्सानी:
नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाइ गरे।
गार्डियन माइक्रो लाइफ: ७.३६% ले वृद्धि
राप्ती हाइड्रो: ५.७०% ले वृद्धि
त्यस्तै, आज गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८.८७ प्रतिशतको नोक्सानी ब्यहोरेका छन्।
लगातार छैठौं कारोबार दिन सेयर बजार सकारात्मक रहे पनि अधिकांश कम्पनीको मूल्य घट्दा बजारमा मिश्रित असर देखिएको छ।












