Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

नाउपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

नागरिक उन्मुक्ति पार्टीको निर्णय: संघ र प्रदेश सरकार छाडेर प्रतिपक्षमा बस्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टीकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठले सभामुख देवराज घिमिरेलाई भेटी समर्थन फिर्ता लिएको औपचारिक जानकारी दिएकी हुन्। श्रेष्ठले अब पार्टी प्रतिपक्षको बेन्चमा बस्ने निर्णय गरेको बताएकी छन्।

Subisu

पार्टीको संसदीय दल बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय भएको हो। सो निर्णयअनुसार नागरिक उन्मुक्तिबाट संघीय सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा बुझाउने तयारी गरेका छन्।

नाउपाले समर्थन फिर्ता गरेपछि संविधानको धारा १००(२) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता आएको छ।

गत २०८१ साउन ६ गते प्रधानमन्त्री ओलीले राखेको विश्वासको प्रस्तावमा १८८ जना सांसदले समर्थन गरेका थिए। यद्यपि, हालको अवस्थामा नाउपाको समर्थन फिर्तापछि सत्तारुढ गठबन्धनको शक्ति सन्तुलनमा केही असर पर्ने देखिएको छ।

यद्यपि नेपाली कांग्रेस र नेकपा एमालेको बहुमत अहिलेको प्रतिनिधिसभामा कायम नै भएकाले विश्वासको मत जुटाउन ठूलो चुनौती नपर्ने आकलन गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका मन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेपछि पार्टी असन्तुष्ट बनेको थियो। सो निर्णयको विरोधस्वरूप नाउपा संघीय सरकारबाट पनि बाहिरिएको हो।

यस घटनाक्रमले सत्ता गठबन्धनभित्रको असहज सम्बन्ध उजागर गरेको विश्लेषण भइरहेको छ। आगामी दिनमा यसले प्रदेश र संघीय तह दुबैमा सत्ता समीकरण पुनःनिर्माण हुने संकेत दिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host