काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासमा बिहीबार भएको बयान र थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।
पाठकविरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्तिका आधारमा साइबर अपराधसम्बन्धी मुद्दा दायर गरिएको थियो। मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो।












