Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

‘कुलिङ पिरियड’ प्रकरणमा सांसदहरूको आक्रोश : सभापति खतिवडा र सचिव दुराको राजीनामा माग

गैरआवासीय नेपालीलाई राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग

काठमाडौँ  । निजामति सेवा विधेयकको  ‘कुलिङ पिरियड’ प्रकरण संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा तीव्र विवादको विषय बनेको छ। बुधबार बसेको समितिको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरामाथि गम्भीर प्रश्न उठाउँदै राजीनामासहित छानबिनको माग गरेका छन्।

सभापति खतिवडा र सचिव दुराको नेतृत्वमा दुई वर्षे कुलिङ पिरियडको सर्वसम्मत निर्णय अन्तिम प्रतिवेदनमा परिवर्तन भएको भन्दै सांसदहरूले यसलाई ‘छलछाम’, ‘षड्यन्त्र’ र ‘संसदीय इतिहासकै लज्जास्पद घटना’ भनेर तीव्र आलोचना गरेका छन्।

Subisu

‘सिनो बोकेर हिँड्न सकिन्न’ – पदम गिरी

नेकपा एमालेका सांसद पदम गिरीले सभापति खतिवडा र सचिव दुरालाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गर्दै भने, “प्रतिवेदनमा हस्ताक्षर गर्ने जिम्मेवारी तपाईहरूको हो। यो इतिहासमै लज्जास्पद छ। अब जिम्मेवारीमा बसिरहन मिल्दैन।”

‘ठूलै समूहको दबाबमा छलछाम’ – हृदयराम थानी

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सचिव दुरामाथि ठूला समूहको दबाबमा उपदफा थपिएको आरोप लगाउँदै प्रश्न उठाए, “कुन समूहको दबाबमा उपदफा ५ (क) थप्नुभयो? सभापति र सचिवले थाहा पाइन भन्न मिल्दैन।”

‘अब तपाईंको नेतृत्वमा बस्न सक्दैनौं’ – राजेन्द्र राई

एमाले सांसद राजेन्द्र राईले सभापति खतिवडामाथि समितिको अपमान गरेको आरोप लगाउँदै पद त्याग्न माग गरे। “अब तपाईंको नेतृत्वमा बस्न सक्दैनौं। बाटो खोल्नुस्,” उनले भने।

‘त्रुटि होइन, षड्यन्त्र हो’ – हितराज पाण्डे

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उक्त प्रकरणलाई जानाजानी गरिएको षड्यन्त्र भन्दै उच्चस्तरीय छानबिनको माग गरे। सांसद दुर्गा राईले पनि “ऐन बनाउने विषयमा षड्यन्त्र भयो, मुलुकलाई पछि धकेल्ने प्रयास हो,” भन्दै कडा आलोचना गरे।

‘संसदीय इतिहासमा कालो दिन’ – राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले कुलिङ पिरियड प्रकरण संसदीय इतिहासकै कालो दिन भएको टिप्पणी गर्दै भने, “यो बदमासी हो कि त्रुटि? यसको गहिरो छानबिन हुनुपर्छ। हामी सांसदहरूको विश्वासनीयता ध्वस्त भएको छ।”

छानबिन समिति गठनको माग

सांसदहरूले यो विषय साधारण गल्ती नभई गम्भीर षड्यन्त्र भएको भन्दै संसदबाट प्रभावशाली छानबिन समिति गठन गर्न जोडदार माग गरेका छन्। जसपा नेपालका सांसद प्रकाश अधिकारीले त यो पूरा षड्यन्त्र नै भएको दाबी गर्दै भने, “निजामति सेवा ऐनलाई नै रोक्न गरिएको साजिश हो। यसको प्रभाव प्रहरी ऐनमा पनि पर्छ।”

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host