काठमाडौं । काठमाडौं नक्सालस्थित नारायणचौरमा भएको राजावादीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । जुलुस लिएर बालुवाटार जाने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । संयुक्त जनआन्दोलन परिचालन समितिले राजतन्त्र पुनस्थापनाका लागि गरेको प्रदर्शनका क्रममा थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच नक्साल नारायणचौर क्षेत्रमा क्षेत्रमा धकेलाधकेल समेत भएको थियो । बिहीबारबाट सुरु भएको प्रदर्शन शान्तिपूर्ण भए पनि आजको आन्दोलनमा भने राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए ।
जेठ १५ गतेदेखि राजावादी विभिन्न शक्तिहरुले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।












