काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरणमा कुनै खटपट नआएको स्पष्ट पारेका छन् । शुक्रबार थाइल्याण्डबाट फर्किएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले सरकार परिवर्तनबारे केही नभएको बताएका हुन् ।
‘केही भएको छैन, गठबन्धन टिक्छ,’ सत्ता समीकरणमा खटपट भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने ।
देउवाले सञ्चारकर्मीसँग औपचारिक नबोले पनि परराष्ट्र मन्त्री एवं देउवा पत्नी आरजुले भने मनोरञ्जनको लागि मात्रै सरकार परिवर्तनको हल्ला भएको बताइन् ।
हल्ला भएपछि बिहीबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेबरहादुर देउवाबीच कुराकानी भएको उनले बताइन् । दुवै नेताले यही सरकारलाई निरन्तरता दिएर जाने र स्थायित्वमा दिनमा प्रतिवद्ध भएको आरजुले बताएकी छिन् ।












