काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘निजामती विधेयक अगाडि बढेको छ । आज यो विधेयक पास गर्ने तयारी पनि थियो । तर एकपटक प्रतिवेदन पढौं भन्ने कुरा भएको छ । यो प्रक्रिया पनि ठिक छ,’ महामन्त्री थापाले भने ।
यस्तो बेला कर्मचारी ट्रेड पनि सकारात्मक हुनुपर्ने उनको आग्रह छ । ‘विधेयक टुंग्याइरहेका बेला ट्रेड युनियनको आन्दोलन रोक्न म आग्रह गर्छु,’ महामन्त्री थापाले भने ।












