ठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई वार्तामार्फत सहमति गरेर काममा फर्किन निर्देशन दिएका छन्।
सोमबार (आज) काठमाडौंमा आयोजित एमालेनिकट प्राध्यापक सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन। विद्यार्थीलाई घाटा छ। मेरो आग्रह छ, सरकार उहाँहरूको मागप्रति नकारात्मक हुने अवस्था छैन। तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र फर्किनुस्। औपचारिक वार्ता नै गर्नुहुन्न भने त त्यो अनौठो नै भयो। आन्दोलन गर्ने तर, वार्ता नगर्ने भन्ने हुन्न। वार्तामा आउनुस्, फर्किएर काममा जानुस्,’ उनले भनेका छन्।
५२ प्रतिशत बालबालिकाहरू फेल भएका छन्। म कुनै बडा शब्द बोल्न चाहन्न। कसैको स्वदेश, कसकै विदेशमा पढाउला। स्वदेशको त लु मिलाउँला, विदेशकोले त पर्खिँदैन नि।
उपयुक्त समयमा पेपर काटेर रिजल्ट आउट गर्नुपर्छ। पूरक परीक्षा दिने सिस्टम सुरु भएको छ। त्यसको तयारी गर्नुपर्यो।
मौका परीक्षाका कुरा आउलान्। भर्ना छाडेर उहाँ बस्नुभएको छ। सामुदायिक विद्यालयमा भर्ना नहुने अनि त निजी विद्यालयहरूमा लहर जाने हो। क्लास सेक्सन एक्टेन्ड गरेर पनि भर्ना लेला। यो खाले स्थिति आउने भयो।
उहाँहरूलाई पनि कुनै लाभ छैन। विद्यार्थीलाई घाटा छ। आग्रह छ, सरकार उहाँहरूको मागप्रति नकारात्मक हुने अवस्था छैन। तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र फर्किनुस्। औपचारिक वार्ता नै गर्नुहुन्न भने त त्यो अनौठो नै भयो। आन्दोलन गर्ने तर, वार्ता नगर्ने भन्ने भएन। वार्तामा आउनुस्, फर्किएर काममा जानुस्।
अहिले प्रतिगामी शक्तिहरू सलबलाएका बेलामा अरजाकता फैलाएको बेला यस्तै बेला आन्दोलन किन गर्ने ? प्रतिगामीहरू उपद्रव मच्चाइरहेका छन्, यो प्रतिगामी उपद्रव हो। जसको सामना गरिनेछ। संविधानसम्मत ढङ्गले सामना गरिनेछ। आवश्यकताअनुसार यसलाई सामना गरिनेछ। त्यसबा बल पुग्नेगरी अहिलेको परिस्थितिमा किन आन्दोलन गर्ने ? संविधान विपरीतका कुराहरूलाई सरकारले नियन्त्रण गर्छ। कानूनविपरीतका कुराहरूलाई सरकारले नियन्त्रण गर्छ। कानूनसम्मतका कुराहरूलाई सरकार सम्मान गर्छ।












