काठमाडौं । सुनसरी देवानगन्जमा सोमबार साँझ गोली लागेर १ जना गम्भीर घाइते भएका छन्। गोली लागेर देवानगन्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
पिन्टु मेहताले चलाएको मोटरसाइकलको पछाडि बसेका शिवकुमारलाई देवानगन्ज-७ का कामेश्वर यादवले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गोली प्रहार गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












