काठमाडौं । चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित २० जनालाई थप १५ दिन म्याद थप भएको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले उनीहरूविरुद्ध अनुसन्धान गर्न थप १५ दिनको म्याद दिएको हो ।
जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएका विरुद्ध १५ दिनको म्याद थप गरिएको जानकारी दिए । त्यस्तै अपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेकाहरूविरुद्ध भने २० दिनको म्याद थप गरिएको छ ।
चैत १५ गते नै पक्राउ परेका मिश्र र राणालगायतका व्यक्तिविरुद्ध यसअघि चैत २० गते ६ दिनको म्याद थप गरिएको थियो ।












