काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्यान्डका वरिष्ठ व्यावसायीले भेटवार्ता गरेका छन् ।
भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्य पनि सहभागी रहेका प्रधानमन्त्री ओलीको सचिवालले जनाएको छ ।
प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ थान शिनावातबीच हिजो भेटवार्ता भएको थियो ।
थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा मंगलबार ओली थाइल्यान्डको बैंकक पुगेका हुन् ।












