काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सके आफूहरुलाई जेल हाल्न चुनौती दिएका छन् । आइतबारको संसद बैठकमा गणतन्त्रवादी सांसदहरुले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि लिङ्देनले यस्तो चुनौती दिएका हुन् ।
‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाति ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल !’












