काठमाडौं । विपक्षी दहरुको बैठक सिंहदरबारमा सुरु भएको छ। माओवादीसहित विपक्षी दलहरूको बैठक माओवादी केन्द्र संसदीय दल कार्यालय सिंहदरबारमा जारी छ।
संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक भनिए पनि एजेण्डा बारेमा भने खुलाइएको छैन। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीकाअध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरु सहभागी छन्।
आज बिहान ११ संसदको बैठक बोलाइएको छ। आजको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयलाई सशक्त रुपमा उठाउने प्रतिपक्षी दलहरुको तयारी छ।












