काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ करिब ६ वर्षपछि पुनः टेलिश्रृंखला ‘मेरि बास्सै’मा फर्किएका छन्। कट्टेलले आफ्नो सामाजिक सञ्जालमार्फत फिल्म प्रचारका लागि टेलिश्रृंखलामा फर्किएको जानकारी दिएका छन्।
टेलिश्रृंखलामा सुटिङ गरिरहेको केही तस्बिर सार्वजनिक गर्दै उनले ‘करिब ६ वर्षपछि पुनः मेरि बास्सैमा, जय लाज शरणम’ लेखेका छन्।
भाइ कुमार कट्टेलले निर्देशन गरेको फिल्ममा उनी नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको अवतारमा देखिएका छन्। महाशिवरात्रीमा प्रदर्शन हुने फिल्मको टिजर, ट्रेलर र गीत सार्वजनिक भइसकेको छ।












