काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।
बैठकले सरकारले ल्याएको अध्यादेशमा समर्थन गर्ने वा विपक्षमा रहने भन्नेबारे निर्णय लिने यादवको भनाइ छ । अध्यादेशबारे अध्ययन गर्न जसपा नेपालले पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति समेत रहेका यादवको नेतृत्वमा कार्यदल बनाएर मंगलबार र बुधबार विज्ञसँग छलफल गरेको छ ।
कार्यदलले तयार गरेको प्रतिवेदन दलको आज बस्ने बैठकमा पेस गर्ने तयारी छ । संसदीय दलमा बुझाएपछि प्रतिवेदन सार्वजनिक गरिने यादवले बताए ।












