काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक खुमलटारमा जारी छ। बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन् ।
बैठकमा पूर्वराष्ट्रपति पुन पार्टी पदाधिकारीकै हैसियतमा सहभागी भएका हुन् । गत पुस २१ गतेको केन्द्रीय समिति बैठकमा पनि सहभागी भएका थिए । त्यहाँ उनलाई उपाध्यक्षको लाइनमा राखिएको थियो । माओवादीमा ४ उपाध्यक्ष छन् ।
सक्रिय राजनीतिमा फर्किने चर्चाका बीच केन्द्रीय समिति बैठकमा सहभागी भएका पुनलाई धेरै केन्द्रीय सदस्यहरूले राजनीतिमा सक्रिय नहुन सुझाव दिएका थिए।












