काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। पहिलो खेल बंगलादेशसँग हारेको नेपाल सोमबार आफ्नो दोस्रो खेलमा स्कटल्याण्डसँग पनि पराजित बन्यो।
नेपालले दिएको ७४ रनको लक्ष्य ८ बल बाँकी रहँदै भट्टाएर स्कटल्याण्डले पहिलो जित दर्ता गर्यो। जितका लागि १६ रन आवश्यक हुँदा तीन ओभर र हातमा एक विकेट मात्र थियो स्कटल्याण्डको।
निकै दबाबमा रहेका बेला नेपाली फिल्डरहरुको लापरबाहीका कारण १७ औं ओभरमै खेल हालबाट गुम्यो र नेपाल पहिलो जित दर्ता गर्नबाट वञ्चित बन्यो। स्कटल्याण्ड एक विकेटले विजयी बन्यो।












