Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

शिल्पी थिएटरमा ‘ठिकै छ तर ….’ ‘But Still, We rise’ नाटक प्रदर्शन हुने

शर्मिला विश्वकर्मा

शिल्पी थिएटरमा ‘ठिकै छ तर ….’ ‘But Still, We rise’ नाटक प्रदर्शन हुने

काठमाडौं । कथाघेरा कौसी थिएटरद्वारा १ महिनाको नाटक तालिम पश्चात् तालिममा सहभागी महिला प्रशिक्षार्थीहरूको भोगाइका आधारमा “But Still, We rise ” ” ठिकै छ तर …… ” नामक नाटक पुनः यही पुस १२ गते शुक्रवार ५ बजे, पुस १३ गते शनिवार १ बजे र ५ बजे बत्तीस पुतलीको शिल्पी थिएटरमा ३ सो प्रदर्शन हुने भएको छ ।

कथा घेराकी प्रोडक्सन म्यानेजर निष्ठा त्रिपाठीले कथा घेराले उत्पादन गरेको “But Still, We rise ” ” ठिकै छ तर …… ” नामक नाटक पुनः प्रदर्शन गरिने जानकारी दिदै कुनै पनि व्यक्तिको योग्यता, क्षमता, सीप, रुचि, चाहनालाई अपाङ्गता वा लैङ्गिकताले नरोक्ने भन्दै उनीहरूलाई यस्ता नाटकहरूमा अभिनय गर्नको लागि सीप सिकाएर अभिनय प्रस्तुत गर्ने अवसरको प्रदान गर्न सकेमा समाजमा सकारात्मक सन्देश जाने बताइन् ।

Subisu

साथै उनले उक्त नाटक हेर्नको लागि अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको, विद्यार्थी र नाट्य कलाकारका लागि रु ३ सय र सर्वसाधारणका लागि रु ५ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको पनि जानकारी गराइन् ।

कथाघेरा कौसी थिएटरका निर्देशक तथा प्रशिक्षक आकांक्षा कार्कीले नाटकहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक रोल मात्र दिने, कतै हास्य पात्रको रूपमा मात्रै समावेश गर्ने गरेको, उनीहरूलाई कमजोरी देखाउने रोलमा प्रयोग गर्ने, समान सहभागिता नगराउने पाइएकोले उनीहरू कमजोर होइनन्, अवसर पाएको खण्डमा र अपाङ्गता अनुकूलको वातावरण सृजना गरेर उनीहरूको आफूमा भएको क्षमतालाई प्रस्फुटन गराएर उनीहरूले नै समाज, घर परिवार तथा आफन्तजनहरूबाट भोग्दै आएका भोगाइहरूलाई समावेश गरेर नाटक तयार गरी प्रदर्शन गर्ने उद्देश्यले १२ जना महिलाहरूमा ६ जना अपाङ्गता भएका महिलाहरूलाई पनि यस १ महिने नाटक तालिममा समावेश गरिएको बताइन् ।

साथै उनले अपाङ्गता भएका व्यक्तिहरू तथा यौनिक तथा अल्पसङ्ख्यकहरू प्रति समाजमा भएको कमजोरी, केही गर्न सक्दैनन् भन्ने भ्रम हटाएर सकारात्मक सन्देश दिने उद्देश्यले यो तालिम दिएको बताइन् ।

उनले अन्य महिलाहरूसँग अपाङ्गता भएका महिलाहरू, यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूलाई समावेश गरेर १ महिना सम्मको तालिम सञ्चालन गरी नाटक निर्माण गरेर प्रदर्शन समेत गरेको बताइन् ।

एक महिने नाटक तालिमका प्रशिक्षक तथा निर्देशक सुदाम सिकेले एक महिने तालिम पश्चात् तयार पारिएको नाटक गत मंसिर ८ र ९ गते नोभेम्बर २३ र २४ तारिखका दिन ब्रिटिस काउन्सिल र काठमाडौं महानगरपालिकाले काठमाडौंको नक्सालस्थित नन्दीकेशर बगैँचा नारायण चौरमा आयोजना गरेको २ दिने WOW Festival मा प्रदर्शन गरिएको, नाटकमा अपाङ्गता भएका तथा अन्य महिलाहरूले समाज तथा घर परिवारबाट भोग्न परेका भोगाई, चुनौतीहरूलाई प्रस्ट देखाइएको भन्दै यस नाटकले समाज तथा सरोकारवाला निकायहरूलाई सकारात्मक सन्देश दिएको दर्शकहरूको प्रतिक्रिया दिएको बताए ।

यस नाटकमा सहभागी दृष्टिविहीन अपाङ्गता भएकी प्रशिक्षार्थी शिल्पा ढुङ्गेलले नाटक पश्चात् सहभागीहरूको भोगाइका आधारमा नाटक तयार गरेर प्रदर्शन पनि गरे पछि आफूमा भएको क्षमता, प्रतिभा, सृजनालाई कुनै अवरोधले पनि बाधा नपुर्याकउने रहेछ भन्ने कुराको प्रमाणित भएको महसुस गरेको भन्दै नाटक प्रदर्शन पछि दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया आएको बताउनु भयो ।

तालिममा सहभागी हुनु भएकी शारीरिक अपाङ्गता भएकी महिला शर्मिला विश्वकर्माले १ महिने नाटक कार्यशाला पश्चात् नाटकका विषयमा, अभिनयका विषयमा धेरै कुराहरू सिकेको, नाटकका संवाद लेख्न, बोल्न, अभिनय गर्न सिकेको, आफूमा आत्मबल बढेको भन्दै अभिनय मार्फत वास्तविक जीवनका भोगाइहरूमा रूपान्तरण गर्न पनि सिकेको बताइन् ।

कथाघेराकी स्टेज म्यानेजर विनीता गुरुङले कथाघेरा कौसी थिएरटरले १ महिनाको नाटक तालिम पश्चात् तालिममा सहभागी महिला प्रशिक्षार्थीहरूको भोगाइका आधारमा “But Still, We rise ” ” ठिकै छ तर …… ” नामक नाटक तयार पारिएको भन्दै यस तालिममा अपाङ्गता भएका महिलाहरू, यौनिक तथा अल्पसङ्ख्यक र अन्य महिलाहरू सबैले एकै पटकमा सहज वातावरणमा यो नाटकको तालिम प्रदान गरिनुका साथै गत मंसिर ८ र ९ गते नोभेम्बर २३ र २४ तारिखका दिन काठमाडौंमा आयोजना गरिएको २ दिने WOW Festival मा प्रदर्शन पनि गरिएको बताइन् ।

यस तालिममा सहभागी शारीरिक अपाङ्गता भएकी महिला सरिता थुलुङ्ले कथाघेराले एक महिने नाटक तालिम दिने क्रममा अन्य महिलाहरूको साथमा अपाङ्गता भएका महिलाहरूलाई पनि समावेश गरेर नाटक सिक्ने अवसर दिएकोमा कथा घेरा परिवारलाई धन्यवाद दिँदै यहाँ सिकेको सीपको उपयोगको लागि अवसरको खोजी गर्ने बताइन् ।

नाटककी प्रशिक्षार्थी तथा सहभागी, अपाङ्गता नभएकी आदिवासी महिला भूमिका थारुले हाम्रो समाजमा अधिकांश क्षेत्रमा समावेशिता नपाएको, आदिवासी, दलित, अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तकृत वर्गका व्यक्तिहरूका सवालहरू ओझेलमा पार्ने गरेको अवस्थामा यस कथाघेरा परिवारले एक महिने नाटक तालिममा यी सबै समुदायलाई सहभागी गराएर नाटकमा अभिनय गर्ने अवसर प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गरे ।

खुल्ला आवेदनमा ५० जनाको निवेदन आएकोमा ६ जना अपाङ्गता भएका महिलाहरू शर्मिला विश्वकर्मा, सरिता थुलुङ्ग, सुन्दरी मिश्र, शिल्पा ढुङ्गेल, निर्मला भण्डारी, पूजा अधिकारी र अन्य अपाङ्गता नभएका ६ जना महिलाहरू निहारिका काफ्ले, पूजा कुमारी वैश्य, अलिशा वादी श्रेष्ठ, नुशा लिङ्देन, भूमिका थारु र ऋच्मा गुरुङ गरी १२ जनालाई छनौट गरिएको थियो ।

यो १ महिने नाटक तालिममा कथाघेरा कौसी थिएटरका निर्देशक आकाक्षां कार्की, सुदाम सिके र युरोपको लिथवईनिया देशबाट आउनु भएकी प्रशिक्षक Laura Kutkaite लौरा कुटकाइट ले पनि नाटकका विषयमा प्रशिक्षण दिनु भएको थियो भने यस नाटकमा अपाङ्गता भएका, दलित, जनजाति, तराईका, ब्रामण लगायतका सबै वर्ग र समुदायका महिलाहरूलाई समावेश गरिएको थियो ।

सो नाटकको नाटकको निर्देशक आकांक्षा कार्की र सुदाम सिके, मिल्सन राई, स्टेज म्यानेजर विनीता गुरुङ, प्रोडक्सन म्यानेजर निष्ठा त्रिपाठी सङ्गीत प्रवृत्ति राई र अर्पण महर्जन, ड्रेस युव पाख्रिन, मेकअप रोशनी स्याइवो / तामाङ , केश विन्यास, सञ्जु थापा, फोटो किरणसेत्या राई / विशेष धन्यवादका पात्रहरुः सुरज मल्ल, लुनिभा तुलाधर, सेविता अधिकारी, Laura Kutkaite लौरा कुटकाइट हुनु हुन्छ ।

कथाघेरा कौशी थिएरटरले ब्रिटिश काउन्सिलको सहकार्यमा नाटकमा रुचि भएका तथा नाटक गर्ने अवसर नपाएका ६ जना अपाङ्गता भएका महिला, यौनिक तथा अल्पसंख्यक महिला र अन्य अपाङ्गता नभएका गरी १२ जना महिलाहरुलाई गत कार्तिक २ गते अक्टोबर १८ तारिख देखि मंसिर ८ गते नोभेम्बर २३ तारिख सम्म १ महिने नाट्य कार्यशाला काठमाडौंमा सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host