काठमाडौं । भारतीय अफ स्पिनर रविचन्द्रन आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । अस्ट्रेलियाविरुद्ध भएको टेष्ट खेल बराबरीमा सकिएपछि अश्विनले संन्यास घोषणा गरेका हुन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले एक्समार्फत् अश्विनलाई धन्यवाद दिएको छ। ३८ वर्षीय अश्विनले आफ्नो करियरमा १०६ खेल खेलेर ५३७ विकेट लिएका छन् ।
ब्याटिङमा पनि अश्विनको प्रदर्शन पनि राम्रो रह्यो । उनले ६ शतक र १४ अर्धशतक पनि बनाएका छन् ।












