काठमाडौं । नेपाल पत्रकार महासंघमा प्रेस युनियन–प्रेस चौतारी प्यानल विजयोन्मुख बनेको छ । मतगणना अन्तिम चरणमा पुग्दा अध्यक्ष निर्मला शर्माले आफ्ना प्रतिस्पर्धी रमेश विष्टसँगको मतान्तर झन बढाएकी छिन् ।
केन्द्रीय पदाधिकारीमा शर्मा प्यानलै अगाडि छ । पछिल्लो परिणामअनुसार शर्माले ३९७३ मत पाएकी छिन् भने विष्टले २८२९ मत पाएका छन् ।
अब मधेश प्रदेश र जुम्लाको मतगणना हुन बाँकी छ । यी स्थानमा पनि मतगणना भइरहेको छ । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाललगायतका पदाधिकारी सबै शर्मा समूहका विजयोन्मुख छन् ।












