काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
बिहीबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच महारथीको दर्जा प्रदान गरिएको हो । नेपाली र भारतीय सेना प्रमुखले एक अर्कालाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली रक्षा मन्त्री मानवीर राईसहित विशिष्ठ व्यक्तिको उपस्थिति रहेको थियो । पाँच दिने भ्रमणका लागि भारतीय स्थल सेनाध्यक्ष द्विवेदी बुधबार दिउँसो काठमाडौं आइपुगेका थिए ।












