काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरु हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित १ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।
मंसिर ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।












