काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज मंगलबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको हाे ।
सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्नुपर्ने थियो । तर, पूर्व सभामुख दमननाथ ढुंगानाको निधनपछि आकस्मिक बैठक बसेर राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने, सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
मंगलबार बस्ने बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणसहित समसामयिक विषयमा छलफल हुने बताइएको छ ।












