काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि आज अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिदैछ ।
निर्वाचन कार्यतालिकाअनुसार आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । गत मंसिर ३ गते उम्मेदवारविरुद्ध उजुरी लिने, त्यसपछि मनोनयनपत्र र उजुरीको जाँचबुझ एवं निर्णय गर्ने कार्यक्रम थियो। अब आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो।
निधनलगायत विभिन्न कारणले देशका विभिन्न स्थानीय तहमा रिक्त ४४ स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन गर्न लागिएको हो।












