काठमाडौं । नवलपरासीबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खसेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० खयरघारीबाट लु २ ख २५० नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।
दुर्घटनामा चालकसहित तिन जना घाइते भएको र उनिहरुलाई उद्धार मझिमटारस्थित बिहानी फार्मेसीमा पुर्याएका छ । नवलपरासीबाट चामल लिएर काठमाडौंतर्फ आउदै गरको ट्रक दुर्घटनामा परेको हो। ट्रक पूरै नदीमा डुबेको छ।’ दुर्घटनामा ट्रक चालक नवलपरासी पश्चिम घर भएकाका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापा र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङ घाइते भएका छन्। दुर्घटनाको कारण नखुले पनि ट्रक आफैँ अनियन्त्रित भई त्रिशूली नदीमा खसेको अनुमान प्रहरीले गरेको छ।












