काठमाडौं । प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानालाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय सरकारले गरेको छ। ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। ढुंगानालाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने गरिनेछ । आज देशैभरी सार्वजनिक बिदा दिने र नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास, नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारले निर्णय गरेको छ । कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा मध्यबानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।












