एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार इटाली फ्रान्ससँग ३-१ ले पराजित भएको छ ।
इटालीको घरेलु मैदानमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका आन्द्रो काम्बासियोले गोल गरे।
रेबियटले दोस्रो मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाए। ३३ औं मिनेटमा इटालीका भिकारियोले आत्मघाती गोल गरे। ३५औं इटालीका काम्बिसियो गोलले इटालीले खेलमा फर्कने कोशिस गर्यो तर ६५ औं मिनेटमा रेबियटले अर्को गोल गर्दै जित सुनिश्चित गरे ।
सोही समूहको अर्को खेलमा इजरायलले बेल्जियमलाई १-० ले हरायो।












