काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज साँझ हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जाने भएको छ।
१२ औँ साफको फाइनल खेलमा बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुँदैछ। साफकाे फाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
साफको फाइनल फुटबल खेल अवलोकन तथा पुरस्कार वितरणका लागि प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।












