काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले पार्टी कार्यालय निर्माणको विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको बैठकले नेता भीम रावल, स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई दान दिएको जग्गाको विषयमा पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकपछिको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले जानकारी दिए ।
पार्टी कार्यालय निर्माणका लागि कानून सम्मत नै जग्गा स्वीकार गरिएको उनले बताए ।विपत्तिका बेला अन्य पीडित जस्तै एमालेको पार्टी कार्यालय पनि डुबानमा पर्दा क्षतिपूर्ति स्वरूप कसैले दान दिने भनेर गरेको सहयोग स्वीकार गरिएको उनले बताए ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



