Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

बीपी राजमार्गमा आजदेखि गाडी चल्ने

बीपी राजमार्गमा आजदेखि गाडी चल्ने

काठमाडौं । बीपी राजमार्गमा आजदेखि पूर्णरुपमा सवारी साधन सञ्चालनमा आउने भएको छ। बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको यो सडक सामान्य मर्मतपछि शुक्रबार बिहानदेखि सञ्चालनमा आउन लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन्।

Subisu

‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका- ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ।

आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ। भोलि राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनु भयो। सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद।’

काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग यही असोज ११ र १२ गतेको बाढीपहिरोले अवरुद्ध भएको थियो। बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुगेको छ।

सडक, पुल र कल्भर्टहरु बगेको ठाउँमा अस्थायी संरचना निर्माण गरेर बीपी राजमार्गमा गाडी चलाउने तयारी गरिएको हो। नेपालीहरुको मुख्य पर्व दसैँअघि बीपी राजमार्ग बन्द हुँदा यात्रुले निकै सास्ती पाउँदै आएका छन्।

यो राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-६ र रोसी गाउँपालिका-७ सीमास्थल चौकीडाँडामा रोसी खोलाको बाढीले दुई सय मिटर सडक बगाएको स्थानमा डाइभर्सन सडक निर्माण गरिएको छ।
रोसी खोलाको बहावलाई सोझ्याएर खोला किनारमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी अस्थायी निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। त्यस क्षेत्रमा रोसी खोलादेखि २० देखि ५० मिटरसम्म उचाइमा रहेको सडकसमेत बगाएको थियो।

एकसय ६० किमिमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमि र नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमि गरी ८४ किमी सडकका विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यो सडक निर्माण गर्दा प्रति किमि रु ३५ करोड खर्च गरेको थियो। निर्माण पूरा गरेर जाइकाले २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई यो राजमार्ग हस्तान्तरण गरेको थियो।

बीपी राजमार्गमा यस वर्षको बाढी पहिरोले दुई अर्बभन्दा माथि क्षति गरेको प्रारम्भिक अनुमान छ। बीपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डको १४ स्थानमा रोसी खोलाले करिब एक हजार नौ सय मिटर सडक नै बगाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host