Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

निर्वाचन सम्बन्धी कानून अपांगता समावेशी बनाउने राजनीतिक दलको प्रतिबद्धता

निर्वाचन सम्बन्धी कानून अपांगता समावेशी बनाउने राजनीतिक दलको प्रतिबद्धता

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने दलहरूले निर्वाचनसम्बन्धी कानून अपांगता समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई अपांगता समावेशी बनाउन नेत्रहीन युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सुझाव ग्रहण गर्दै विभिन्न दलका सांसदहरूले विधायिकी प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

Subisu

कार्यक्रममा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संविधानमा अक्षर लेखाउन मात्र प्रतिनिधित्व नगराएको भन्दै अपांगतामैत्री समावेशिताको अवधारणा रहेको बताए ।

उनले भने, ‘तर दलहरूको नेतृत्वको मानसिकता कस्तो बन्यो भने नीतिको होइन, नेताको मान्छे खोज्ने, नेताबाट टाढा भइहाल्यो भने नाताको मान्छे खोज्ने, नाताबाट अलि पर पुग्यो भने दाताको मान्छे खोज्ने, दाताबाट भएन भने भ्राता खोज्ने, यो प्रवृत्तिले हामी पछाडि प¥यौँ । ठूलो समस्या नै यही हो ।’

संविधानमा उल्लेखित अपांगतामैत्री समावेशिता अब आउने विधेयकमा पूर्ण रूपमा समावेश गर्ने उनको भनाइ थियो । ‘संयोगले त्यो विधेयक मेलै नेतृत्व गरेको समितिमा आउने रहेछ । समितिमा आइसकेपछि म तपाईंहरूलाई बोलाएर छलफल गराउँछु र के संशोधन गर्नुपर्ने हो गराउँछु । संशोधन हाल्न लगाउँछु,’ उनले भने, ‘समितिमै बोलेर तपाईंका आवाज सुन्नेछौँ ।’

यस्तै उनले अपांगता भएका व्यक्तिहरुलाई बोलाएर छलफल गर्ने र उक्त विधेयकमा संशोधन हाल्ने प्रतिबद्धता जनाए । यस्तै उनले अपांग र अल्पसंख्यक एउटैमा नहुने भन्दै छुट्याउन आफुले पहल गर्ने बताए ।

उनले भने, ‘अपांगको पक्षमा कानून निर्माण गर्न कुनै कसर बाँकी राख्ने छैन । हिजो संविधानमा राख्यौं,अब अधिकार सुनिश्चित हुनेगरी कानून बनाउँछौं ।’

कार्यक्रममा एमाले सचेतक सुनिता बरालले अपांगता भएका समुदायबाट आएको सुझावलाई आफ्नो दलले ऐन निर्माणमा समेट्न भूमिका खेल्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्,‘अपांगता भएका व्यक्ति र अल्पसंख्यहरूको बिचमा वा राखिएर गरेको प्रावधानले परेको अप्ठेरो होस् अन्य धेरै अप्ठेरोहरू कानुनसँग जोडेर हेर्दा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा यस्तै खालको अप्ठेरो प¥यो । यो विषयको असाध्यै गहिरो रियलाइजेसन पनि भएको छ । त्यसकारण पुरुष वा महिला, महिला वा दलित महिला, अल्पसंख्यक वा अपांगता भएका क्षेत्रको प्रतिनिधित्व यी सबै फरक व्यक्ति र समुदाय हुन् । फरक प्रतिनिधित्वको आवश्यकता पर्ने क्षेत्रहरू हुन् ।’

फरक हुँदाहुँदै पनि निर्णय लिने वेला कमजोरी भएको स्विकार्दै बरालले यस विषयलाई एमालेले गम्भीर रूपमा लिएको बताइन् ।

अपांगता भएका व्यक्तिको वर्गीकरणमा कमजोरी रहेको र परिचयपत्र तथा सुविधामा अप्ठेरो परेको विषय महसुस भएको भन्दै बरालले यसमा थप परिष्कृत र आवश्यकबमोजिम कार्यान्वयन गर्न ध्यान दिने वेला भएको बताइन् ।

‘पहिचान र परिचयका आधारमा पाउनुपर्ने अधिकार व्यवस्थित गर्दै राज्यले सम्बोधन गर्नुपर्ने बाध्यकारी अवस्थालाई कार्यान्वयन गर्नुपर्छ । विशिष्टीकृत क्षमता भएका सबै वर्ग समुदायका व्यक्तिलाई मूलधारमा आउने गरी कानुन बनाउने कुरामा तपाईंहरूका सुझाव एकीकृत गरेर समेट्नेछौँ,’ उनले भनिन् ।

माओवादी उपमहासचिव शक्ति बस्नेतले फरक क्षमता र पहिचान भएका समुदायको सहभागिता र प्रतिनिधित्वको अधिकार संविधानले दिएको बताए । उनले भने, ‘व्यावहारिक ढंगले अनुभूत गर्ने गरी कानुन बन्ने कुरा जायज छ । हाम्रो पार्टीले संसद्मा पूर्णत भूमिका निर्वाह गर्नेछ । अपांगतालाई मिसमास गर्नेभन्दा पनि अझ स्पष्ट र अधिकार सुनिश्चित हुने गरी पहल गर्नेछौँ । यो सामाजिक न्यायको विषय हो ।’

माओवादीकै नारायणी शर्माले संविधानविपरीत कानुनमा बांगिने कुरा स्वीकार्य नभएको बताइन् । ‘धेरै कानूनहरू सपार्नुपर्नेछ, जहाँ बिग्रिएको छ, सबै दल तयार हुनुपर्छ । अपांगता भएका व्यक्तिहरूको कानुन निर्माणमा जुन लुप होलहरू छन्, त्यसमा बाध्यकारी हुने गरी हामी कानुन निर्माण गर्न लाग्नेछौँ,’ उनले भनिन् । शर्माले अपांगता समावेशीको विषय कानूनमा समेट्न दलको शीर्ष नेतृत्वलाई पनि निरन्तर घचघच्याउन सुझाव दिइन् ।

जसपा नेपालकी प्रमुख सचेतक रेखा यादवले संविधान मिचेर कानून बनाउने देशको चलन बनेको भन्दै ठूला दलले आफ्नो वर्चस्व राख्न यस्तो हर्कत गर्दै आएको टिप्पणी गरिन् ।

‘समाज र राष्ट्रले अपांगता भएका समुदायलाई केही गर्न नसक्ने, नीति निर्माणमा सहभागी हुन नसक्ने भनेर हेयको सोचबाट हेर्ने गरेको छ । उपेक्षा गरिन्छ,’ उनले भनिन्, ‘म यहाँहरूको साथमा रहन्छु । विधेयक संसद्मा आएपछि संशोधन हाल्ने वेलामा यहाँ आएका सुझाव हुबहु हाल्नेछु । दललाई पनि घचघच्याउँछु,’ उनले भनिन् ।

नेपाली कांग्रेसले सांसद सीता मिजारले अपांगता, महिला, दलितहरुको विषय सबैको मुद्दाको विषय भएको बताइन् । अधिकार सुनिश्चितका लागि सबै एक भएर लाग्नुपर्ने बताइन् ।

गृह मन्त्रालयका उपसचिव ऋषि पौडेलले निर्वाचनसम्बन्धी विधेयक सहमतिका लागि अर्थ मन्त्रालयमा रहेको बताए । ‘यो विधेयक निर्वाचन आयोगबाट गृहमा आएको छ । गृहबाट अन्तिम रूप दिएर अर्थमा पठाएका छौँ । अर्थबाट कानुनमा जान्छ । अनि क्याबिनेट पुग्छ । आवश्यक परे लोकसेवा जान्छ । त्यहाँबाट फर्केपछि क्याबिनेटबाट पारित गरेर संसद्मा प्रस्तुत गर्छौँ,’ उनले भने ।

नेत्रहीन युवा संघका जीवन आचार्यले प्रस्तुत गरेको सुझावहरूमा पहुँचयुक्त मतपत्र र मतपेटिका हुनुपर्ने, मतदानस्थल र मतदान केन्द्र अनिवार्य पहुँचयुक्त हुनुपर्ने, दृष्टिविहीन मतदातालाई ब्रेललिपिको सुविधा, मनोसामाजिक अपांगता भएका तथा बौद्धिक अपांगता भएका व्यक्तिको हकमा निर्वाचन प्रक्रियामा सहायताको सुनिश्चितता गरेर राजनीतिक अधिकार सुनिश्चित गर्नुपर्ने, मतदाता नामावली दर्ता प्रणाली पहुँचयुक्त बनाइनुपर्ने, हुलाकमार्फत मतदान गर्ने व्यवस्था हुनुपर्ने उल्लेख छ । यसैगरी स्थानीय तहदेखि संघसम्म अल्पसंख्यक वा अपांगता भएको समुदाय भनेर गरिएको विभेद सच्याउनुपर्ने, वा को सट्टा र राख्नुपर्ने, स्थानीय तहमा अपांगताको छुट्टै कोटा राख्नुपर्ने विषय ऐनमा समेट्न सुझाव दलहरूलाई दिइएको छ ।

कार्यक्रममा एमाले जनवर्गीय संगठन रमेश लामा, नेत्रहीन युवा संघका प्रमुख सल्लाहकार कलाधर भण्डारी, राष्ट्रिय बहिरा महासंघका निवर्तमान अध्यक्ष केपी अधिकारी लगायतले बन्दसूचीमा समावेश गरिएका व्यक्तिलाई संसदमा प्रतिनिधित्व गराउने बाध्यताकारी व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

ताजा समाचार

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host