काठमाडौं । सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हाे।
हालकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण आगामी भदौ १५ (शनिबार) बाट अनिवार्य अवकाशमा जाँदैछिन्। त्यसअघि सरकारले बिहीबार अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो । गत साउन १० गते नियुक्त भएकी उनी नेपालको इतिहासमा पहिलो महिला मुख्य सचिव बनेकी थिइन्।












