काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष(महिला) पदमा युवा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् ।
मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी अर्की नेतृ जयन्ती राईसँग हारेकी हुन् ।
झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाइन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् ।












