Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

भवगती मन्दिर पुर्ननिर्माण गर्छौंः आचार्य मुख्यमन्त्री

भवगती मन्दिर पुर्ननिर्माण गर्छौंः आचार्य मुख्यमन्त्री

चन्द्रकान्त खनाल

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक रणउजेरिश्वरी भगवती मन्दिरको पुनर्निर्माणको लागि तयार भएको डिपीआरलाई आगामी वर्षको कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Subisu

ऐतिहासिक रथजात्राको अवलोकन गर्न पाल्पा पुगेका मुख्यमन्त्री आचार्यले रणउजेरिश्वरी भगवती मन्दिर पुनर्निर्माणको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यस वर्ष प्रदेश सरकारले मन्दिर मर्मतको लागि २० लाख बजेट विनियोजन गरेको छ । यो बजेटबाट मन्दिरको छानो हालिने र अर्काे वर्ष मन्दिरको पुनर्निर्माण गर्न बजेट सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् । पाल्पाको ऐतिहासिक परम्पराले धर्म, संस्कृति, परम्परा तथा इतिहासलाई जोगाइरहेको भन्दै मुख्यमन्त्री आचार्यले रथ यात्रालाई प्रदेश सकारले सांस्कृतिक सहकार्य, भाइचारा र एकताको प्रतीकको रूपमा लिएको समेत उल्लेख गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारले रथ जात्रालाई उत्सवमय बनाउन पाल्पा जिल्लामा सार्वजनिक विदा समेत दिएको थियो । २०८० चैत २० गते लुम्बिनी प्रदेशको प्रदेश राजपत्रमा प्रकाशित सूचना बमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

मुख्यमन्त्री आचार्यले भगवान गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा संसारभर रहेका बौद्ध धर्मावलम्बिहरुलाई एकपटक लुम्बिनी टेकाउन मात्र सकेमा प्रदेशको समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश भित्र रहेका प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताहरुलाई प्रचार–प्रसार गर्ने विषय पनि सरकारको प्राथमिकतामा परेको जनाएका छन् ।

गौतमबुद्धको घर, जन्मस्थल र मावली क्षेत्रलाई समेटेर बुद्ध सर्किट निर्माण गर्ने, लुम्बिनी हुँदै पाल्पा, पवित्र रुरु क्षेत्र, रेसुंगा, पाणिनी तपोभूमि, सुपादेउराली, स्वर्गद्धारी, दाङको धारापानी र बाह्रकुने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्रदेशमा रहेको एक मात्र हिमाली जिल्ला रुकुमको पुथा हिमाल र रोल्पाको युद्ध संग्राहलय जस्ता ऐतिहासिक, महत्व र सौदन्दर्यता बोकेका क्षेत्रलाई लुम्बिनीसँग जोडेर आवश्यक पूर्वाधारको विकासमा सरकारले ध्यान दिने उनाको भनाइ थियो ।

यस्तै मुख्यमन्त्री आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिले समग्र प्रदेशको धार्मिक, सांस्कृतीक, सम्पदाहरुको संरक्षण, विकासमा महत्वपूर्ण योग्दान पुगेको, देशको ध्यानाकर्षण गर्न सफल भएको बताए ।

पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार पाल्पा आएका राष्ट्रपति पौडेललाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका थिए । राष्ट्रपतिलाई जनस्तरबाट समेत भब्य स्वागत गरिएको थियो ।

विश्वको भू–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यवादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सव स्वरुप सो जात्रा निकालिँदै आएको छ ।

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्व र जात्राको रुपमा परिचित छ ।

कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रुपमा सञ्चालन गरिँदै आइएको छ ।
यस्तै मुख्यमन्त्री आचार्यले रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा शुभकामना सन्देश जारी गर्दै सबै समुदाय विशेषले मनाउने चाड, पर्व, रितिरीवाज, परम्परा, धार्मिक मान्यताहरुलाई बराबर सम्मान गर्ने बताएका छन् ।

‘सामाजिक रुपान्तरणका साथै जागरण र चेतना बृद्धिमा मौलिक परम्पराहरुको आ–आफ्नै भूमिका छन् । समाज विकास संग यि परम्परा जोडिएका छन्’उनले भनेका छन्,‘प्रदेश सरकारले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थल तथा परम्परालाई समृद्धिसँग जोड्न चाहन्छ ।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host