Outline Khabar
बुधबार, बैशाख ३०, २०८३
Wednesday, May 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ३०, २०८३
Wednesday, May 13, 2026
                                                       
No Result
View All Result

टिआरसी विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको छ : देउवा(पूर्णपाठ)

ओलीको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्नेछः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबै दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलमा भाग लिँदै सभापति देउवाले एक अर्कालाई आलोचना गर्नेभन्दा पनि सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगको प्रभावकारितामा ध्यान दिनुपर्ने बताएका हुन् ।

Subisu

सभापति देउवाले टीआरसी विधेयक कानूनमा परिणत भएपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने बिन्दुमा अन्तर्राष्ट्रिय जगतले समेत नियालिरहेको बताए ।

उनले विभिन्न अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढाइएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न लागिपरेको बताए ।

शान्ति सम्झौतापछिको १८ वर्षको अवधिमा नेपाल द्वन्द्वका हतियार व्यवस्थापन, सेना समायोजन र संविधानको सफल प्रयासपछि मौलिकरूपमा शान्ति प्रक्रियाको बाटोमा रहेको उनले बताए ।

सभापति देउवाले प्रतिनिधि सभा प्रस्तुत टिआरसी विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको बताए ।

यस्तो छ देउवाको भनाइ:

सम्माननीय सभामुख महोदय, 

सर्वप्रथम यस वर्षात्को समयमा बाढी, पहिरो र डुबानजस्तो प्राकृतिक प्रकोप र विभिन्न सडक एवं हवाई दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । यी विभिन्न घटना र दुर्घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरुको उपचारमा कुनै कमी हुन नदिन पनि सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । साथै यस विपत्तिको घडीमा ज्यान गुमाउने, घरबार गुमाउने एवं विस्थापित हुनेहरुलाई उचित व्यवस्थापनको लागि सरकारसमक्ष आग्रह समेत गर्दछु । 

सम्माननीय सभामुख महोदय, 

२०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको सबैलाई अवगत नै छ । बृहत् शान्ति सम्झौता अनुसार द्वन्द्व पीडितहरूलाई न्याय दिलाउने, परिपुरणको व्यवस्था गर्ने एवं सम्मानित अदालतको आदेश समेतलाई मध्येनजर राखी शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आवश्यक थियो । शान्ति सम्झौता पछिका १८ वर्षको अवधिमा नेपालले सशस्त्र द्वन्दको अन्त्य, हतियारको व्यवस्थापन, सेना समायोजन, संविधान सभाको निर्वाचन, संविधान सभाबाट संविधान जारी, संविधानको कार्यान्वय गर्दै नेपालले मौलिक शैलीमा मुलुकलाई शान्तिको बाटोमा डो¥याउन सफल भयो । तर शान्ति प्रक्रियाका बाँकी कार्यभारहरु पुरा गर्न नसक्दा अन्यौलता एवं पीडितको न्याय पाउने अधिकार कुण्ठित भईरहेको थियो । 

उक्त जटिल कामलाई नेपाली राजनीतिक दलहरु आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न वर्तमान सङ्क्रमणकालीन न्याय सम्बन्धि विधेयकमा भएको राष्ट्रिय सहमतिले सिद्ध गरेको छ । नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेका नीति विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय हुन सक्नेछ ।  

संसदमा प्रस्तुत विधेयकले सङ्क्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको छ । सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने र द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था विधेयकले गरेको छ । यो विधेयक सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित हाम्रो प्रचलित कानुन, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल रहेको छ । 

सशस्त्र द्वन्द्वको बेला भएका घटनाहरूले नेपाली समाजमा पिडा दिएको छ । लामो समय देखि द्वन्द्व पीडितहरू न्यायको खोजीमा बसेका छन् । उचित परिपूरण हुन नसकेका कारण पिडित स्वयं र परिवारजनले थप पिडा व्यहोर्नु परेको छ । यो विधेयक कानुन बने पश्चात् द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने छन् भन्ने मैले विश्वास लिएको छु । 

सम्माननीय सभामुख महोदय, 

सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने बिन्दुमा पुग्दै गर्दा हामीलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ । यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति र परिपूरण दिलाउने व्यवस्था गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुनहरुलाई समेत ध्यानमा राख्दै शान्ति प्रक्रियाको बाँकी रहेको सङ्क्रमणकालीन न्याय टुंङ्गोमा पु¥याउने विषय निष्कर्षमा पुगेको छ । यस विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने हाम्रो विश्वास छ । 

हामीले समग्रमा शान्ति प्रक्रियाको बाँकी रहेको अध्यायलाई विश्वसनीय प्रक्रियाबाट पूरा गर्ने काम गरेका छौँ । त्यसमा आज हामी सबै राजनीतिक शक्ति र सरोकारवाला पक्षहरू एकस्वरमा सर्वसम्मतिका साथ उपस्थित भएका छौँ । यो आफैमा एउटा ऐतिहासिक उपलब्धिको घडी हो । 

सभामुख महोदय,

शान्ति प्रक्रियाको बाँकी रहेको काम सङ्क्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न कानूनका साथै सक्षम आयोगहरु गठन गर्न नि उत्तिकै आवश्यकता छ । अब हामीले एकअर्कालाई शंका वा आरोपित गर्ने भन्दा पनि वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनौट र प्रभावशाली कार्य प्रर्णाली प्रति सजग हुन आवश्यक छ । यो प्रक्रियाको सहज अवतरण आयोगको प्रभावकारीतामा निर्भर रहने कुरा पनि म यहाँहरुमा निवेदन गर्न चाहन्छु । आउनुहोस्, इतिहासले सुम्पेको यो कार्यभार मिलेर पूरा गरौँ । मुलुकलाई अप्ठ्यारो पर्दा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर समाधान दिने नेपालले विशिष्टि शैली अपनाउने गरेको छ । सङ्क्रमणकालीन न्याय निरूपण र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न पनि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएका छौ । 

म सबै द्वन्द्वपिडितहरु, सबै राजनीतिक दल, नागरिक समाज, संचार जगत, सरोकारवाला र सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा शान्ति प्रक्रियाको बाँकी रहेको काम सङ्क्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पु¥याउन सहयोगका लागि अपिल गर्दछु । साथै अन्तर्राष्ट्रिय मित्रहरुलाई पनि सहयोगका लागि आग्रह गर्दछु । 

हामीले राम्रो संविधान बनाएका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अबलम्बन गरेका छौं । यो संविधानले समावेशितामा विषेश जोड दिएको छ । यो संविधान र व्यवस्था लाखौं नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको हो । हामी सबै दलहरु मिलेर यो व्यवस्था ल्याएको हो । यसको सही कार्यान्वयन, संरक्षण र सुदृढिकरण गर्नु पनि हामी सबैको दायीत्व हो । 

धन्यवाद ! जय नेपाल ! 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

ऊर्जामन्त्रीले प्राधिकरणमा नियुक्त गरे दुई सञ्चालक, श्रेष्ठलाई कायममुकायमको जिम्मेवारी

ऊर्जामन्त्रीले प्राधिकरणमा नियुक्त गरे दुई सञ्चालक, श्रेष्ठलाई कायममुकायमको जिम्मेवारी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, भोलि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

रास्वपाको पहिलो महाधिवेशन असारमा,चितवनमा शक्ति प्रदर्शन गर्ने तयारी

रास्वपाको पहिलो महाधिवेशन असारमा,चितवनमा शक्ति प्रदर्शन गर्ने तयारी

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरण: इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे सिन्धुलीबाट पक्राउ

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरण: इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे सिन्धुलीबाट पक्राउ

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host