काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक भोलि बस्ने भएको छ । बिहान साढे १० बजेपछि सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालय बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै विभिन ५ एजेन्डामा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार, बैठकका लागि प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकसम्बन्धी, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र विविध एजेन्डा तय गरिएको छ ।












