काठमाडौं । काठमाडौंमा जारी जेन–जी पुस्ताको आन्दोलन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए। थप उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।
प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन थप उग्र बनेको छ। दिउँसो साढे १२ बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको भए पनि आन्दोलन रोकिएको छैन।
नयाँबानेश्वर क्षेत्रमा अहिले पनि प्रदर्शनकारीको उपस्थिति बाक्लो छ भने स्थिति अत्यन्तै तनावग्रस्त बनेको छ।












