काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुने मतदान आज साँझ ७ बजेबाट सुरु हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका परिमार्जन गर्दै मतदान समय साँझका लागि सारिएको जानकारी दिएको हो।
आयोगका अनुसार मतदान प्रक्रिया भोलि (पुस २) बिहान १ बजेसम्म सञ्चालन हुनेछ। यसअघि मतदान आज बिहान १२ बजेबाट सुरु गर्ने तय भए पनि प्राविधिक तथा व्यवस्थापकीय कारणले समय परिवर्तन गरिएको हो। पार्टीले रातभरमै सम्पूर्ण निर्वाचन प्रक्रिया सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।












